सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसईईः धेरै विद्यार्थी फेल हुने देखिएपछि ५ अंक ल्याउनेलाई पनि पास !


  •    न्युजभित्तो/१३ श्रावण २०७९, शुक्रबार १०:५६ 
  • काठमाडौं,साउन १३। गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो।

    अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ।राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले पनि यसपटकको नतिजा नयाँ निर्देशिकाबमोजिम प्रकाशित गर्ने तयारी गरेका थिए । तर नतिजा प्रकाशित गर्नु एक दिनअघि अर्थात् बोर्डको साउन १० गते बसेको बैठकमा नयाँ निर्देशिकाअनुसार पासको न्यूनतम अंक ३५ तोक्दा करिब ५० हजार विद्यार्थी फेल हुने भएपछि रातारात लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरी सबैलाई पास गराउने नीति अख्तियार गरेको स्रोतले जनाएको छ।

    बोर्डले सार्वजनिक गरेको एसइई २०७८ को नतिजामा ४७ हजार ८ सय ६६ विद्यार्थीको प्राप्तांक ३५ भन्दा कम रहेको स्रोतले जनाएको छ। ‘साउन १० को बोर्ड बैठकले नतिजाको विश्लेषण गर्दा पास हुने आधार ३५ अंक मानेको भए करिब ५० हजार विद्यार्थी फेल हुने देखियो,’ पनिका स्रोतले भन्यो, ‘कोरोनाका कारण विद्यार्थीको राम्रो तयारी नपुगेको देखियो। अधिकांश विद्यार्थीले लिखित परीक्षामा ५ अंक ल्याएका रहेछन् । स्कुलहरूले प्राक्टिकलमा २५ अंक हालिदिए।’

    स्रोतका अनुसार बल्लबल्ल ३० ल्याएर पास हुने धेरै छन् । यो समाचार नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.