महानगरलाई एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगर्न आग्रह
न्युजभित्तो/४ श्रावण २०७९, बुधबार ११:५५
काठमाडौँ, साउन ४। काठमाडौं महानगरलाई कम्तिमा एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगर्न सहरी विकास तथा भवन निर्माण विभाग बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटले आग्रह गरेको छ ।
बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरु सञ्चालन नगर्न महानगरपालिकालाई आग्रह गरेको हो ।
फोहोर बोकेका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।