सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले


  •    न्युजभित्तो/४ श्रावण २०७९, बुधबार १०:५७ 
  • काठमाण्डौं, ४ साउन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ ।

    काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन् ।

    त्यसक्रममा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भुमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनेछन् । त्यस्तै नेता अधिकारीले शुद्धीकरणका विषयमा प्रशिक्षण दिनेछन् । यसअघि एमालेले मधेसको जनकपुर र एक नम्बर प्रदेशको विराटनगरमा प्रशिक्षण गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.