सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परीक्षामा सहभागी हुन छात्रालाई ब्रा खोल्न लगाएपछि…


  •    न्युजभित्तो/३ श्रावण २०७९, मंगलवार १०:५३ 
  • काठमाडौं,साउन ३। छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा (ब्रा)हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन्। स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन्।

    कोल्लममा एक विद्यार्थीले प्रहरी उपरीक्षकमा उजुरी दर्ता गरेपछि घटना प्रकाशमा आएको हो। रिपोर्टअनुसार, अविभावकहरूले उक्त छात्राहरूलाई अन्य छात्र तथा परीक्षामा खटाइएका पुरुष ‘इन्भिजिलेटर’को अगाडि भित्री लुगा नलगाई परीक्षामा उपस्थित हुन बाध्य गराइएको भन्दै यसले उनीहरूलाई मानसिक तथा शारीरिक तवरमा विचलित तुल्याएको दावी गरेका छन्।

    ‘मेरी छोरी ८ कक्षादेखि नै नीट परीक्षाको तयारीमा जुट्दै छिन्। हामी विश्वस्त थियौं कि उनले परीक्षामा राम्रो श्रेणी प्राप्त गर्नेछिन् तर यस मुद्दाको कारण उनको ध्यान मनोवैज्ञानिकरूपमा अन्यत्र गएका कारण परीक्षामा राम्रो गर्न सकिनन्’ रूष्ट एक विद्यार्थीका पिताले भने।

    राष्ट्रिय परीक्षण एजेन्सी एनटीएको मार्गनिर्देशनलाई उद्धृत गर्दै अभिभावकले भने, ‘‘कुनै पनि प्रकारको भित्री कपडा लगाउन प्रतिबन्ध लगाइएको छैन’। हामीले सबै निर्देशनहरू पालन गरिरहेका थियौं। तर कर्मचारीहरूले भित्री लुगा नहटाईकन कक्षा कोठामा प्रवेश गर्न दिएनन्।’ राज्यको महिला आयोगले पनि घटनाको विषयमा छात्राहरूको अधिकार हनन गरिएकोमा ‘सुओ मोटो मुद्दा दर्ता गरेको छ। रिपोर्टअनुसार यस घटनाबारे गुनासोहरू बढिरहेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.