सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयल निगमले भन्योः गाडी नचलाऔँ,सकभर पैदल हिडौं


  •    न्युजभित्तो/२१ असार २०७९, मंगलवार १२:०४ 
  • काठमाडौं,असार २१- नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक सरकारी तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली सञ्चालन गर्न अनुरोध गरेको छ । सरकारलाई नेपाल आयल निगमले बुझाएको १० बुँदे सुझावमा यस्तो उल्लेख गरिएको छ । सुझाव अनुसार देशका प्रमुख सहरहरुमा प्रत्यक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ ।

    त्यसैगरी खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्न भनेको छ ।

    “विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोकिदिने,” निगमको प्रस्तावमा भनिएको छ, “पेट्रोल पम्पहरुले मोटरसाइकललाई एक पटकमा पाँच लिटर र कार तथा जीपलगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने । छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने ।”

    त्यसैगरी आयल निगमले ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारीसाधानहरु पूर्ण क्षमतामा चलाउन प्रस्ताव गरेको छ ।

    “मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिटअनुरुप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने,”प्रस्तावमा भनिएको छ, “पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलगायतका अन्य उपकरणको आयात बन्द गर्ने ।” निगमले यो प्रस्ताव सरकारलाई बुझाएको छ । निगमको भार कम गर्न यस्तो प्रस्ताव गरिएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.