सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनसहित बागमती प्रदेशका गर्भवतीलाई निःशुल्क हवाई सेवा


  •    न्युजभित्तो/२ असार २०७९, बिहीबार १६:२४ 
  • काठमाडौं,२ असार – बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ।प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन्।

    प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो । यस्तै प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ ।

    किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पु¥याउन रु २८ करोड विनियोजन गरिएको छ ।

    यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सङ्घीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ ।

    प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । यस्तै कोभिड–१९ महामारी तथा सङ्क्रामक रोगविरुद्ध लड्न कम्तिमा ५० शय्याको सुविधा सम्पन्न प्रदेशस्तरिय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजनग गरिएको छ ।

    प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सरलगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.