सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असार १ गतेदेखि निकुञ्जमा पर्यटकीय गतिबिधि बन्द


  •    न्युजभित्तो/२९ जेष्ठ २०७९, आईतवार १८:४७ 
  • चितवन, २९ जेठ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्र गरिने पर्यटकीय गतिबिधिहरु यही असार १ गतेदेखि वन्द हुने भएको छ । निकुञ्ज भित्र गरिने, जङ्गल सफारी, जङ्गल वाक लगायतका गतिबिधिहरु बन्द गर्न लागेको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने, रूख लडेर बाटो अवरुद्ध हुन सक्ने कारणले गतिबिधीमा रोक लगाईएको हो । उहाँले भन्नुभयो “अर्को सूचना जारी नभएसम्मका लागि असार १ गतेदेखि निकुञ्जभित्र गरिने पर्यटकीय गतिबिधिहरु वन्द गरीएको छ ।” ्

    निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिबिधिहरु बन्द गर्ने गर्दछ । योसँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी समेत वन्द गरिएको उहाँले जानकारी दिनुभयो । वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई पनि बन्द गरिएको हो ।

    निकुञ्ज भित्र हुने पर्यटकीय गतिबिधिबाट यस आर्थिक वर्षको बैशाख सम्म रु ८ करोड १७ लाख ८३ हजार १ सय राजस्व संकलन गरेको छ । सो समयमा १ लाख ५९ हजार ८८१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । उनीहरु मध्ये १ लाख ३६ हजार ५२२ जना नेपाली, १० हजार ९३४ जना सार्क मुलुकका र १२ हजार ४२५ जना अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ । सोही अबधिमा निकुञ्ज भित्र २ करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जिप सफारी गरिएको छ । निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.