घरायसी र व्यावसायिक प्रयोजनका ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य तोक्न उपसमिति गठन
न्युजभित्तो/२० जेष्ठ २०७९, शुक्रबार १५:३२
काठमाडौं,२० जेठ । नेपाल आयाल निगमले घरायसी र व्यावसायिक रुपमा प्रयोजन हुने ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिित गठन गरेको छ । बिहिबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो ।
उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । ‘हिजो बसेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको छ’ भट्टराईले भने, ‘सबै स्टेक होल्डर सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारणबारे समिति गठन गरिएको छ ।’