सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको तयारी


  •    न्युजभित्तो/१९ जेष्ठ २०७९, बिहीबार १०:२९ 
  • काठमाडौं,जेठ १९- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो। इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

    ‘आइओसीलाई १६ अर्ब तिर्नै बाँकी छ, यो जुन महिनाका लागि पहिलो किस्ता बापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ यहि ८ तारिखमा भुक्तानी गर्नुपर्छ’, प्रवक्ता उपाध्यायले भने, ‘तर इन्धन बिक्रीबापत् यो अवधिमा १० अर्ब मात्रै तिर्न सक्ने देखिन्छ। त्यसैले परल मूल्यमा नबेच्ने हो भने इन्धनको बिक्रीवितरण सहज गराउन अब समस्या हुन्छ।’

    आइओसीको बक्यौता तिर्न सरकारसँग २ अर्ब रुपैयाँ मागेको २ महिना भएपनि नपाएको उपाध्यायले बताए। आइओसीले हिजो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ।

    पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। निगमका अनुसार १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४७ अर्ब नोक्सानी भइसकेको निगमको दाबी छ।

    सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन जेठ १ गतेदेखि सरकारी कार्यालयहरुमा सातामा दुई दिन विदा दिन सुरु गरेको छ। तर दुई साताको अवस्था हेर्दा इन्धनको खपत खासै नघटेको प्रवक्ता उपाध्यायको भनाइ छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.