काठमाडौं,१६ जेष्ठ – सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द भएको छ ।
नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै यातायात व्यवस्था विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।
विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुने बिभागले जनाएको छ ।