तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि
न्युजभित्तो/१५ जेष्ठ २०७९, आईतवार १६:३२
काठमाडौँ, जेठ १५– आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालको अनुसार मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको हो । तर टोली भने पुगिसकेको छैन । त्यस्तै थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फ हिँड्न लागेको हो ।
तर हाल थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले नाउरी कोटमाथिको लेकमा आगो बलेको देखिएको बताए । उनले भने, ‘केही समय अगाडि करिब ५ मिनेट कुहिरो खुलेको थियो र नाउरीकोट माथिको लेकमा आगो बलिरहेको जस्तो देखियो ।’
बिहान १०:०७ पछि जहाज म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान सम्पर्कविहीन भएको थियो ।