सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतले लगायो चिनी निर्यातमा रोक


  •    न्युजभित्तो/११ जेष्ठ २०७९, बुधबार १७:०४ 
  • काठमाडौँ, ११ जेष्ठ। भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले आगामी  जुन १ (जेठ १८ गते) देखि अक्टोबर ३१ तारिखसम्म चिनीको निर्यातमा रोक लगाएको हो ।

    भारतीय संचारमाध्यम इकोनोमिक्स टाइम्सका अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ४ महिनासम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

    भारतले घरेलु मूल्यवृद्धि कम गर्नका लागि यस्तो नीति अपनाएको बताइएको छ । भारत सरकारले सबै व्यापारीहरुलाई चिनीको विदेशी कारोबार सम्बन्धी अनुमति सुनिश्चित गराउन निर्देशन दिइसकेको छ ।

    घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ । यसमा पूर्ण प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । घरेलु उपलब्धता र स्थिर मूल्यलाई कायम राख्नुपर्ने बताइएको छ ।

    रुस र युक्रेनको जारी युद्धपछि विश्वभर विभिन्न मुलुकहरुले खाद्यान्न निर्यातमा कडाइ गरिरहेका छन् । रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि सोको असरबाट विभिन्न देशले आफ्नो देशलाई बचाउन खाद्यान्न संग्रह गर्ने निर्णय जारी राखेका छन् ।

    यी बन्देजहरु अमेरिका र युरोपेली युनियनमा हुने चिनी निर्यातमा चाहिँ लागू नहुने बताइएको छ । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक भएकोले यसको असर विश्वव्यापी रुपमा पर्ने आंकलन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.