सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनाव र मत गणनामा लापरबाही गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने


  •    न्युजभित्तो/५ जेष्ठ २०७९, बिहीबार १०:३६ 
  • काठमाण्डाै,५ जेष्ठ – निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ ।

    मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको हो ।

    निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा दस्तखत नै नगरि तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने जस्ता कार्यमा संलग्न कर्मचारीको विवरण सङ्कलन भइरहेको उल्लेख छ ।

    मतदान कार्यमा खटाइएका जिम्मेवार मतदान अधिकृत कर्मचारीबाट भएका गल्तीले चुनावका क्रममा विवाद र धाँधली उत्पन्न भएर मतदान तथा मतगणना स्थगित र चुनाव प्रभावित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.