सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुंगामा भोलि मदन आश्रित स्मृति दिवस मनाईदै


  •    न्युजभित्तो/२ जेष्ठ २०७९, सोमबार २०:०५ 
  • चितवन, २ जेठ । जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस भोलि जेठ ३ गते विभिन्न कार्यक्रम गरी मनाईदै छ । मदन भण्डारी फाउण्डेशन चितवनले भोलि जेठ ३ गते बिहान ८ बजे दासढुंगामा विशेष कार्यक्रम गर्ने भएको हो ।

    फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको स्मृतिमा भोलि जेठ ३ गते दासढुंगामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । बिहान ८ बजे हुने कार्यक्रममा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । दासढुंगामा मदन आश्रितको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

    तत्कालिनन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

    सोही दिनको स्मरणमा नेकपा एमाले र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेकाले छोटो. रुपमा कार्यक्रम गर्न लागिएको हो ।

    फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बगाउन लागि परेको छ ।

    बि.सं. २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको स्वर्गारोहण भएको थियो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म गर्भमै छ ।

    दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी थिए मदन भण्डारीको गाडी चालक अमर लामा । अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुरमा लखेटी लखेटी हत्या गरियो । अमर लामाको हत्या कसले गर्‍यो त्यो पनि रहस्यकै गर्भमा छ । एकमात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन ।

    जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अघि बढाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.