सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अध्यक्ष अ‍ोली


  •    न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार १८:५४ 
  • काठमाण्डौं, २७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । मंगलबार एमालेले काठमाडौंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा अवरुद्ध स्थितिलाई तोडेर फेरि अगाडि बढाउन स्थानीय निर्वाचनले दिशा निर्देश गर्ने बताए ।

    उनले आफ्नो नेतृत्व सरकारले धरहरा बनाएकोमा विपक्षीले खिल्ली उडाएको भन्दै ट्वीनटावर र आइफील टावर हेरेर पनि नबुझेको बताए । उनले विपक्षीहरुमा ऐतिहासिक महत्वको संरक्षणमा रुची नभएको मात्र नभई वैरभाव छ भन्ने उनीहरुका बोलीचालीबाट प्रस्ट भएको बताए । ओलीले विपक्षीले विदेश गएर पाउरोटीमा जाम लाएर खानबाहेक केही नजानेको भन्दै आधुनिकता र विकासबारे के सिके रु भनेर प्रश्न गरे ।

    कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै काँग्रेस र अरु पार्टीले के गर्यौ र गर्छौ भन्ने कुरा नरहेको बताए । ‘उनीहरु जम्मा जम्मी एमालेको विरोध गर्छन्’, ओलीको भनाइ छ । ओलीले राम्रा कामका लागि भन्दा पनि नराम्रा कामका लागि एकजुट भएको भन्दै केपी ओलीले संसद विघटन । उनले कहिलेसम्म रोक्छौं जनताका बीचमा जान भनेर प्रश्न गरे । ‘पहिलो झड्का यही ३० गते खान्छन् यिनीहरुले । ठूलो ठक्कर खान्छन् । नसोचेको पराजय भोग्नुपर्नेछ । जनताले काला कर्तुत र गलत नियत देखेका छन्’, ओलीले विपक्षीहरुमाथि कटाक्ष गरे । उनले टुडो भाँचिएको हलो, टुडो भाँचिएको कलम बोकेर काँग्रेस हिँडेको भन्दै काँग्रेस सकिने बाटोमा हिँडेको टिप्पणी गर्दै काँग्रेसले लोकतन्त्रको परिभाषा नै फेर्न लागेको बताए ।​

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.