सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धम्क्याउने र तर्साउनेलाई भोट नदिनुहोस् : अध्यक्ष ओली


  •    न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार १८:५१ 
  • चितवन, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धम्क्याउने र तर्साउनेलाई भोट नदिन आग्रह गर्नुभएको छ । नेकपा एमाले चितवनले आज नारायणगढको क्याम्पाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कसैले धम्क्याएर देशमा दुर्घटना होइन, घटना हुने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “धम्क्याए घटना हुन्छ, त्यो भनेको गठबन्धनले नराम्ररी हार्छ । अरु केही दुर्घटना हुने वाला छैन ।” जनतालाई धम्क्याउने बानी परेकाहरुको बानी अहिलेसम्म नगएको उहाँले बताउनुभयो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि चितवनमा गरेको भाषणप्रति इंगित गर्दै उहाँले भन्नुभयो “धम्क्याई आएकाहरु, धम्क्याएर खाएकाहरु अहिलेसम्म पनि धम्क्याउने बानी गएको रहेनछ । बानी भए पनि धम्क्याएर खाने जमाना गयो अब, काम चल्दैन । जनताले बुझिसकेका छन् । धम्कीको केही अर्थ छैन ।”

    उहाँले धम्क्याएर दुर्घटना होइन, घटना हुने बताउनुभयो । उहाँले भन्नुभयो “धम्क्याए घटना हुन्छ, त्यो भनेको गठबन्धनले नराम्ररी हार्छ । अरु केही दुर्घटना हुने वाला छैन ।” धम्क्याउने र तर्साउनेलाई भोट नदिन उहाँले आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका चितवनका नेता कार्यकर्ताहरुप्रति सहानुभूति व्यक्त गर्दै उहाँले भन्नुभयो “प्रचण्डका छोरी जिताउनु पर्ने, जिन्दगीभरी आफै कांग्रेस बनेर हिडेकाहरुले प्रचण्डकी छोरी जिताउनु पर्ने । “कसरी मन थामेका होलान कांग्रेस कार्यकर्ताले ?”

    “पाँच वर्ष अघि पनि तिनैलाई भोट हाल्नु पर्ने, यस पल्ट पनि तिनैलाई भोट हाल्नु पर्ने ?” उहाँले भन्नुभयो “फेरी जितायो भने २० वर्ष गठबन्धन टिकाउने अरे । भनेपछि कांग्रेसका कार्यकर्ता २० वर्षसम्म छोरी, छोरा, ज्वाई, भाई, भतिजो बोक्न पर्ने भयो ।”

    उहाँले भरतपुरको विकासको जिम्मा आफूलाई दिन भरतपुरवासीलाई आग्रह गर्नुभएको छ । उहाँले एमालेका उम्मेदवार विजय सुवेदीलाई जिताए विकासको जिम्मा आफ्नो हुने बताउनुभयो ।

    प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै ओलीले भन्नुभयो “यहाँ विजय सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो भयो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाईन सम्बन्ध भएको भन्दै उहाँले विकासमा पहुँच पुग्ने बताउनुभयो ।

    भरतपुर महानगरलाई आधुनिक शहरसँग स्मार्ट सिटी बनाउनु पर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताउनुभयो । गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उहाँले थप्नुभयो “निर्वाचनपछि एमालेको सरकार बन्छ ।”

    निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उहाँले भन्नुभयो “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरु सँगसँगै हिडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्काे झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेकोछ ।”

    आम नागरिकले भयरहित वातावरणमा भोट दिन पाउनु पर्नेभन्दै उहाँले मतदातालाई धम्क्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “धम्क्याएका भरमा मत लिन खोज्नु आचारसंहिता विपरित हो कि होइन ?”

    सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूर्णरुपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।”

    राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिँडेका छौं ।”

    सो अवसरमा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान गठबन्धन नटिक्ने बताउनुभयो । उहाँले यो गठबन्धन लामो समय नटिक्ने बताउनुभयो ।

    सभामा एमाले नेताहरु, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गर्नुभएकोथियो ।

    सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताउनु भएको थियो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.