सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तह निर्वाचन : वयस्क उम्मेदवारको सङ्ख्या बढी


  •    न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार १५:४५ 
  • काठमाडौं,२५ बैशाख – आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेदवारको सङ्ख्या ७६ हजार १६२ छ ।

    सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन् । एक्काइसदेखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरी कुल ३५ हजार २५८ उम्मेदवार छन् । यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका उम्मेदवारको सङ्ख्या ३७ हजार ५४ छ । सो उमेर समूहमा २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला छन् ।

    यस्तै ६५ वर्ष माथिका चार हजार ३५० पुरुष र एक हजार १७७ महिला गरी पाँच हजार ५२७ उम्मेदवार रहेका छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कूल १४५ हजार १० जना उम्मेदवार छन् ।

    नगरपालिका प्रमुखमा तीन हजार २३८, उपप्रमुखमा एक हजार ९६४, गाउँपालिका अध्यक्षमा तीन हजार ९२ र उपाध्यक्षमा दुई हजार १६३ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै वडाध्यक्षमा ३२ हजार ४९६, सदस्यमा ५३ हजार १७३, महिला सदस्यमा २५ हजार ५९९ र दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.