सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवा र प्रचण्डको प्रेम छिट्टै अंगभंग हुँदैछ : उपाध्यक्ष पाण्डे


  •    न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार १५:४३ 
  • चितवन, २५ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको प्रेम छिट्टै अंगभंग हुने बताएका छन् । आइतबार नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले शेरबहादुर देउवाले चितवन आएर रेनु दाहाललाई भरतपुरको मेयर उम्मेदवार बनाउन आफुले नै सुझाव दिएको प्रसंग निकाल्दै उहाँहरूबीच बसेको प्रेम दिगो नहुने बरु छिट्टै टुट्ने टिप्पणी गरेका हुन् ।

    ‘शेरबहादुर देउवाजीले भन्नुभएछ । मेरो जोडले पो हो रेनुजीलाई मेयरको उम्मेदवार बनाएको हो । प्रचण्डजी त पर्दैन भन्दै हुनुहुन्थ्यो’, देउवाको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘रेनुलाई मेयर बनाउन शेरबहादुर र प्रचण्डबीच ज्यादै ठुलो प्रेम बसेछ । यहाँहरुलाई म भन्न चाहान्छु– शेरबहादुर देउवाजी, यो प्रेम ज्यादै छोटो छ, कमजोर छ भन्ने कुरा धेरै परसम्म पर्खनुपर्दैन । यो चाउरे पिरती केही दिनमै टुट्ने र अंगभंग हुनेवाला छ ।’

    नेता पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाप्रति पनि टिप्पणी गरे । ‘उहाँले भन्नुभएछ हामीले चुनाव हारेका ठाउँमा बजेट दिँदैनौ । क्याबात, यो राणाशासन होइन, यो लोकतन्त्रको युग हो । तपाईको गोजीको पैसा होइन, जनताले कर तिरेर जम्मा भएको पैसा हो, त्यसैले तपाईले छरेका भ्रम जनताले पत्याउँदैनन् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.