पराजयबाट आतंकित दक्षिणपन्थीका प्रतिनिधि नाङ्गै सडकमा आईरहेका छन् : बादल
न्युजभित्तो/२४ बैशाख २०७९, शनिबार १९:२७
भरतपुर, २४ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले आफ्नो पराजयबाट आतंकित र आक्रोसित भएर दक्षिणपन्थीका प्रतिनिधिहरु खुल्लम खुल्ला नाङ्गै सडकमा आईरहेको बताउनु भएको छ । नेकपा (एमाले) चितवन प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचनको मिति जति जति नजिकिंदै छ, त्यति त्यति आफ्नो पराजयबाट आतंकित र आक्रोशित भएर नाङ्गै सडकमा आएको बताउनु भएको हो ।
अहिलेको निर्वाचन ठूलो संघर्ष र आन्दोलन भएको बताउँदै उहाँले भन्नुभयो “ निर्वाचन मुख्य तय दुई वटा पक्षका बीचमा हुन गईरहेको छ । एकातिर नेपालको पूँतिपति वर्गको नेतृत्वमा निर्मित दक्षिपन्थी गठबन्धन र अर्काेतर्फ अग्रगामी शक्ति, श्रमिकहरुको प्रतिनिधि नेकपा एमालेको नेतृत्वमा समाजवादी शक्तिहरुको बीचमा निर्वाचन भईरहेको छ ।”
एकातिर समाजवाद र समृद्धिको झण्डा लिएर नेकपा एमाले उभिएको भन्दै उपाध्यक्ष बादलले भन्नुभयो “अर्काेतिर भ्रष्टाचार, विनास, निरंकुशताको झण्डा लिएर पूँजीपति वर्गको प्रतिनिधि नेपाली कांग्रेसको नेतृत्वमा अर्काे कित्तामा उभिएको छ ।”
अहिलेको स्थानीय तहको निर्वाचन सामान्य रुपमा लिन नहुँने भन्दै बादलले भन्नुभयो “भिषण संघर्षमा गईरहेको छ । यो आन्दोलनमा अग्रगामी लोकतान्त्रिक, समाजवादी शक्तिको विजय हुनेछ । त्यो विजयलाई कसैले रोक्न सक्ने छैन ।”
यो निर्वाचनमा एमालेको विजय सुनिश्चित देखिसकेपछि हाम्रा विरोधी अथवा दक्षिणपन्थी गठबन्धनवालाहरु उत्तेजित भईरहेको उहाँको भनाई छ । उहाँले अगाडि थप्नुभयो “आफ्नो पराजयलाई रोक्नका लागि सबै हत्कन्डा अपनाउन उनीहरुले आदेश दिईरहेका छन् । हामीले भरतपुर र डडेलधुरामा सुन्यो । जसरी पनि साम, दाम दण्ड भेद जुनसुकै उपाय गरेर भए पनि गठबन्धलाई जिताउन जरुरी छ । अन्यथा ठूलो दुर्घटना हुन्छ भनेका छन् ।”
उहाँले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाउनुभयो । अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताउनुभयो ।
कार्यक्रममा एमाले चितवनका अध्यक्ष राम न्यौपानेले भोलि नारायणगढको क्याम्पा चौरमा मध्यान्ह १२ बजे हुने विशाल जनसभामा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्नु जानकारी दिनुभयो ।