सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैशाख ३० गते मतदानको दिन के गर्न हुँदैन ?


  •    न्युजभित्तो/१९ बैशाख २०७९, सोमबार ०७:३७ 
  • काठमाडौं, १९ वैशाख । यही वैशाख ३० गते देशभरका ७५३ वटा पालिकामा एकैसाथ निर्वाचन हुँदै छ । योपटक स्थानीय तह निर्वाचनमा विभिन्न पदमा गरी करिब एक लाख ४५ हजार उमेदवार छन् । निर्वाचन आयोगले वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अरू मतदातालाई जानकारी गराउनुपर्छ । निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्‍याउनुपर्छ ।

    मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य गर्न हुँदैन । कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्नेलगायत कार्य हुँदैन ।

    के गर्न हुँदैन ?
    १. मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदंगामा नलाग्ने,
    २. मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज नलगाउने,
    ३. मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँड्डुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारीसाधन प्रयोग गर्न सकिने,
    ४. कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
    ५. कसैले पनि मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा, अवरोध गर्न वा गराउन हुँदैन । यदि, गरेमा कानुनबमोजिम कारबाही हुनेछ ।

    आचारसंहिता उल्लंघन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.