भरतपुरमा काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह भुईकटहर
न्युजभित्तो/१७ बैशाख २०७९, शनिबार १३:०७
चितवन, १७ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई भुईकटहर चुनाव चिन्ह प्रदान गरेको हो ।
नेपाली काँग्रेसका नेता सुर्य बस्नेतका अनुसार कार्यालयले पौडेललाई भुईकटहर चुनाव चिन्ह दिएको हो । आजैदेखि पौडेलले निर्वाचनको प्रचारप्रसार र घरदैलो थाल्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गरिनेछ ।
शुक्रबार निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गरिएको हो ।