सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागीलाई फकाउने प्याकेज होइन, हृदय र मन लिएर आएको छु : गृहमन्त्री खाँड


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १६:१२ 
  • चितवन, १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँडले आगामी वैशाख ३० गते हुने निर्वाचनमा बागी उम्मेदवार दिएकाहरुलाई प्याकेज नभएर हृदय र मन लिएर आएको बताउनु भएको छ । प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कांग्रेसका सबै नेता कार्यकर्ताहरुलाई सम्मान गर्न सकियोस् भनेर मन लिएर आएको बताउनु भएको हो ।

    भरतपुरमा गठबन्धन विरुद्ध उम्मेदवारी परेपछि आउनु भएका खाँडले स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएका साथीहरुको पार्टीमा गरेको योगदानलाई स्मरण गरेर अझै आवश्यकता रहेको बताउनुभयो । बागी उम्मेदवारलाई उहाँले भन्नुभयो “पार्टीको निर्णयलाई सहजतापूर्वक लिनुहोस् र आफ्नो निर्णैय फिर्ता लिनुहोस् ।” उहाँलनेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले दिनु भएको उम्मेदवारी फिर्ता लिनु हुनेछ भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो ।

    गठबन्धनबाट कांग्रेसको भोट नगुम्ने उहाँको दावी छ । अहिलेको राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको भन्दै उहाँले भन्नुभयो “जुन गठबन्धन भएको छ त्यसलाई सहज रुपमा लिनुपर्दछ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले पनि गठबन्धनलाई अनुमोदन गरेको छ ।” महाधिवेशनमा अध्यक्ष देउवाले यो गठबन्धन सत्ताको साझेदारी मात्रै होइन, लोकतन्त्र र संविधाने को रक्षाको लागि आवश्यक रहेको बताउनु भएको खाँडले स्मरण गराउनु भयो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसको दस्तावेजमा गठबन्धनको कुरा उल्लेख छ ।”

    चितवन जिल्लाका समस्त कांग्रेसका नेता कार्यकर्ताहरुलाई सम्मान गर्ने बताउँदै उहाँले अगाडि थप्नुभयो “यो गठबन्धन गर्दा हामीले चाहेको मात्रै हुँदैन । गठबन्धनमा आवद्ध राजनीतिक शक्ति छ, त्योसँग पनि संवाद छलफल हुन्छ । कहिलेकार्ही एक कदम पछाडि पनि हट्नुपर्छ । यो कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको हो ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.