सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनोनयनको पहिलोदिन भरतपुरको मेयरमा ११, उपमेयरमा तीन जनाको उम्मेद्वारी


  •    न्युजभित्तो/११ बैशाख २०७९, आईतवार १८:४८ 
  • चितवन, ११ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा मनोनयनको पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार महानगरको मेयर पदमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

    पहिलो उम्मेद्वारी नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले दर्ता गराएका थिए । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र नेकपा (माले) बाट सूर्यप्रसाद रेग्मीले मेयर पदमा मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिनुभयो।

    यस्तै स्वतन्त्र तर्फ मेयर पदमा भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१ का यामकान्त शर्मा कँडेल, भरतपुर–१ का रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरेले मनोनयनपत्र दर्ता गराएका छन् ।

    यस्तै भरतपुरको उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा (माले) बाट इन्दिरा शर्मा गौलीले मनोनयनपत्र दर्ता गराएको कार्यालयले जनाएको छ । आज पहिलो ठूला दलहरुले मनोनयन दर्ता गरेनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.