सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी


  •    न्युजभित्तो/११ बैशाख २०७९, आईतवार १६:१० 
  • काठमाडौं,११ बैशाख – माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

    सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ । उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो ।

    त्यहाँका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र पठाइएको छ भने विद्यालयका प्रधानअध्यापकलाई केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्डमातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । यही वैशाख ९ गतेदेखि सुरु भएको यो परीक्षामा ललितपुरबाट पाँच जना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन् ।

    अघिल्ला दुई वर्षमा कोभिड—१९ का कारण आन्तरिक मूल्याङ्कनबाट परीक्षा सम्पन्न भएकामा यसवर्ष भौतिक उपस्थितिमा केन्द्रस्तरबाट परीक्षा सञ्चालन भएको हो ।

    पाँच लाख १४ हजार ९७७ विद्यार्थीले आवेदन दिएको परीक्षामा कूल दुई हजार सात परीक्षा केन्द्र तोकिएका छन् । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र रहेका छन् । परीक्षामा ग्रेडवृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारतर्फ १४ हजार ५६४ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ । देशभरबाट पहिलो र दोस्रो दिनको अनुपस्थित परीक्षार्थी सङ्ख्या सङ्कलन भइनसके पनि काठमाडौँमा कूल ३६ हजार परीक्षार्थीले आवेदन दिएकामाा एक हजार एक सय विद्यार्थी अनुस्थित रहेको पाइएको छ ।

    परीक्षामा कूल ६१ विषयका विद्यार्थी संलग्न छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सुरक्षाकर्मी गरी करीब ७० हजार जनशक्ति खटिइएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, बोर्डका अध्यक्ष महाश्रम शर्मा, मन्त्रालयका सचिव यादव कोइराला, नियन्त्रक रायमााझीलगायत उच्चाधिकारीले परीक्षाबारे नियमित जानकारी लिई आवश्यक सहजीकरण र निर्देशन दिइरहनुभएको छ ।

    यही वैशाख २० गतेसम्म सञ्चालन हुने परीक्षाको दोस्रो दिन आज परीक्षा सञ्चालन निरीक्षणका क्रममा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा भेटिनुभएका अध्यक्ष शर्माले हालसम्मको परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादितरुपमा भएको बताउनुभयो । बोर्डले विभिन्न जिल्लामा परीक्षाको अनुगमन पनि गरिरहेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन निर्माण भइनसकेकाले यस वर्षसम्म केन्द्रबाटै एसइई सञ्चालन भएको र आगामी दिनमा प्रदेशस्तरबाट सञ्चालन गराउन नीतिगत निर्णय भइसकेको राससलाई बताउनुभयो । आगामी दिनमा प्रदेशस्तरमा प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थान, सञ्चालन र उत्तरपुस्तीका समपरीक्षणलगायतका कार्य हुनेछ भने बोर्डबाट अभिलेखीकरण र परीक्षाफल प्रकाशनका कार्य हुने नियन्त्रक रायमाझीले बताउनुभयो ।

    संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेकाले कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गरिरहनु उपयुक्त नहुने विज्ञहरुको भनाइ छ । सिकाइ उपलब्धिमा सुधार र शिक्षामा सुधारका लागि पाठ्यक्रम, शिक्षण पद्दति र परीक्षा प्रणालीमा थप परिमार्जनका लागि पनि बहस चल्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.