सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसका तर्फबाट भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठको नाम सहमति निकट


  •    न्युजभित्तो/१० बैशाख २०७९, शनिबार १२:४५ 
  • काठमाडौं, १० वैशाख । शुक्रबार मध्यरातसम्म बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले महानगर र उपमहानगर उम्मेदवारको टुंगो लगाईसकेको छैन । तर बैठकमा धेरै जसो पालिकाका उम्मेदवार बारे छलफल भएको छ । बैठकमा नेताहरूले आआफ्नो पक्षका सिफारिस नाममा अडान लिएका थिए ।

    भरतपुरको उपमेयरमा करिब सहमति जुटेको छ । दीर्घमान श्रेष्ठको नाममा सहमति निकट पुगेका सहभागी नेताले बताए । एक नेताका अनुसार मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको उपमेयर बनाउन सक्रियता देखाएका छन् ।

    काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले बताए । विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

    कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताए । ‘शेखरले नागेश नै उठाउने अड्डी लिनुभयो । कृष्ण सिटौलाले भीम आचार्यको पक्षमा अडान लिनुभएको छ’ ती नेताले भने,’ सभापति देउवा पक्षका कुनै नेताले डिला संग्रौलालाई कुनैले अमृत अर्यालको नाम लिनुभएको छ ।’ विराटनगरको मेयरमा चार जनाको नाममा बढी छलफल भएको थियो ।

    पोखराको उपमेयरका नेताहरू बीच सहमति जुट्न सकेन भने ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन । शुक्रबार दुई चरणमा शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो ।

    शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार महानगरमा कांग्रेसको भागमा मेयर र उपमेयरका तीनर÷न उम्मेदवार परेका छन् ।

    कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् । (अनलाईन खबरबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.