भरतपुरमा कांग्रेसलाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर राज्यमन्त्री श्रेष्ठ चितवनमा
न्युजभित्तो/७ बैशाख २०७९, बुधबार १८:०८
चितवन, ७ चैत । भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने निर्णयपछि रुष्ट बनेका कांग्रेस नेता कार्यकर्तालाई फकाउन राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आउनु भएको छ । कार्यकर्तालाई सम्हाल्न सभापति शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई चितवन पठाउनु भएको हो ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले अवस्था ठिक हुने दावी गर्नुभयो । उहाँले देशको राष्ट्रिय राजनीति, सरकार गठन सबै कुराले गठबन्धन गर्न परेको बताउनुभयो । उहाँले चितवन बसेर जिल्लाका सातैं पालिकाका आकाङ्क्षी, नेता कार्यकर्ता भेट्नु हुनेछ ।