सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको तयारी


  •    न्युजभित्तो/७ बैशाख २०७९, बुधबार ११:१३ 
  • काठमाडौं,७ बैशाख –  यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबारको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ ।

    सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको आज सञ्चारग्राममा सम्पन्न बैठकले सबै सङ्घीय मन्त्रालय र सम्बन्धित निकायका वेबसाइटमा दिवसको नारा र प्रतीक चिह्न समावेश गरी सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग्रह गर्ने, सबै प्रकारका आमसञ्चार माध्यमलाई दिवसकेन्द्रित समाचार, आलेख, विशेष संवाद, परिसंवाद, वृत्तचित्र आदि कार्यक्रम प्रकाशन र प्रसारण गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

    उपसमितिले सबै प्रदेश र स्थानीय तहका सरकारलाई पनि दिवस मनाउन नेपाल सरकारमार्फत पत्राचार गराउन पनि निर्णय गरेको छ ।बैठकमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.