सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हजार पटक सोचेर भोट दिनुहोस् : अध्यक्ष लिङदेन


  •    न्युजभित्तो/२ बैशाख २०७९, शुक्रबार १७:२९ 
  • भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास हुन नसकेको बताउनुभएको छ । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउदै ठुला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताउनु भएको हो ।

    उहाँले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो । “चुनावलाई ख्यालख्याल नठानौँ” उहाँले भन्नुभयो, “भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।” गएका चुनावहरुमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उहाँले बताउनुभयो ।

    जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने बताउनुभयो । ३२ वर्षदेखि शासन गरेका दलहरु देखेर दया लागेको उहाँको भनाई छ । उहाँले बन्न नसकेका पालिकाहरुको नेतृत्व गर्न एकचोटि राप्रपालाई दिनुपर्ने बताउनुभयो । “देश कस्तो बनाउने तीनै पालिकाको विकास गरेर देखाउँछौँ” उहाँले भन्नुभयो, “नमुना पालिका बनाउनेछौँ । उहाँले असफल पार्टीहरुलाई यसपालि विदाइ गर्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.