सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको छ : उपाध्यक्ष पाण्डे


  •    न्युजभित्तो/२ बैशाख २०७९, शुक्रबार १७:२४ 
  • भरतपुर, २ वैशाख । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले फलानो पार्टी भन्दा पनि देश बचाउन लाग्नुपर्ने बताउँदै भन्नुभयो “यो साल राष्ट्रवादीहरुको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस्उ ।” एमसीसी चक्रव्युहले देशलाई अँध्यारो बनाउने षड्यन्त्र भैरहेको उहाँको भनाई छ । भ्रष्टाचार रहित देश बनाउन जनताले राप्रपालाई रोज्ने उहाँको दावी छ । पञ्चायतकालको ३० वर्षमा खुलेका उद्योग, कलकारखानाहरु कौडिको मूल्यमा बेचेर भ्रष्टाचार भएको पाण्डेले बताउनुभयो ।

    “अब देशमै प्रयाप्त विद्युत उत्पादन गर्न नेपालीहरुलेनै हाइड्रोपावरमा लगानी गरौं” उहाँले भन्नुभयो, “विश्वकै हाइटेक उद्योगहरु नेपालमा स्थापना हुनेछन्, रोजगारी सृजना हुनेछन् ।” उहाँले राप्रपाप्रति जनताको विश्वास बढेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.