सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्नुपर्छ : लिङ्देन


  •    न्युजभित्तो/२ बैशाख २०७९, शुक्रबार १३:२१ 
  • भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राप्रपाले जितेका पालिकाहरुलाई भुष्ट्राचार शुन्य बनाउने दावी गर्नुभयो ।

    राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी गर्दै लिङदेनले राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताउनुभयो । उहाँले यसपाली स्थानीय तहको चुनावमा विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने दावी गर्नुभयो।

    चुनावी तालमेलबारे कुनै निर्णय भैनसकेको बताउँदै उहाँले भन्नुभयो “हामीलाई कसैले महत्त्वपूर्ण पदहरुमा सघाए हामी पनि सघाउन तयार छौँ ।” उहाँले अगाडि थप्नुभयो “स्थानीय रुपमै समझदारी हुन सक्छ, तर अहिले कुनै निर्णय भैसकेको छैन” अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरिने बताउनुभयो । १२ सम्मनै कम्प्युटर शिक्षा, बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तिमा १५ हजार तलबको व्यवस्था गरिने बताउनुभयो ।

    स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभूत स्वास्थ निःशुल्क गर्ने, उपचारको अभावमा कोहिले ज्यान गुमाउन नपर्ने गरी पालिकाहरुको नेतृत्व गर्ने उहाँले बताउनुभयो । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत घटाउने उहाँको भनाई छ । जेष्ठ नागरिकहरुले पाउदै आएका सेवा सुविधा थप गरी घरदैलोमै सेवा पुर्याइने उहाँले बताउनुभयो ।

    सिंहदरबारको भ्रष्टाचार तल्लो तहसम्म आएको भन्दै. उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ ।” उहाँले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरुको विकास सम्भव रहेको बताउनुभयो । राप्रपा चितवन भरतपुरको केन्द्रीय बसपार्कमा आयोजना गरेको मसभालाई सम्बोधन गर्न उहाँले चितवन आउनु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.