सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युनियनको केन्द्रीय अध्यक्षमा रामचन्द्र पौडेलको समर्थन दिपक आचार्यलाई


  •    न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १७:२४ 
  • तनहुँ, २९ चैत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनको अध्यक्ष पदमा आफ्नो समर्थन दिपक आचार्यलाई रहेको बताउनु भएको छ । प्रेस युनियन चितवनको टोलीलाई प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको स्वागत कार्यक्रममा बोल्दै पौडेलले आचार्यलाई समर्थन गर्नुभएको हो ।

    स्वागत कार्यक्रममा बोल्दै नेता पौडेलले आचार्यलाई भन्नुभयो “खुट्टा टेकेर अगाडि बढ्नुहोस्, मेरो समर्थन रहन्छ ।” आचार्यको जन्मघर पौडेलको निर्वाचन क्षेत्र तनहुँमा नै पर्दछ । युनियनको केन्द्रीय महाअधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंमा हुँदैछ । हाल बरिष्ठ उपाध्यक्ष रहनु भएका आचार्यले उक्त महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    विगत एक महिना यता युनियन चितवनले अन्तरशाखा भ्रमणसँगै आचार्यलाई अध्यक्षको उम्मेदवार रहेको भन्दै देश दौडाहा अभियान संचालन गरिरहेको छ । देशका विभिन्न जिल्लामा पुगेको आचार्यसहितको युनियनको टोलीलाई जिल्ला जिल्लाबाट समर्थन प्राप्त भएको युनियनका चितवन जिल्ला अध्यक्ष अनिल ढकालले बताउनुभयो ।

    आचार्य तीन दशकदेखि पत्रकारिता र पत्रकारिताको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ युनियनको केन्द्रीय सदस्य, मध्यमाञ्चल संयोजक हुँदै हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँलाई युनियनका अधिकांश नेताहरुको साथ र समर्थन रहेको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.