सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भरतपुरमा मेयरदेखि वडा सदस्यसम्म कांग्रेसकै उम्मेदवार, गठबन्धनका उम्मेदवारलाई बहिष्कार’


  •    न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार १८:११ 
  • भरतपुर, २९ चैत । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्ने निर्णय गरेका छन् । उनीहरुले तालमेल भएमा विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

    जिल्ला पार्टी कार्यालय २९ वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

    निर्णयमा भनिएको छ “नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं ।” गठबन्धनका उम्मेदवारलाई बहिरकार गर्ने अर्काे निर्णयमा भनिएको छ “मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।”

    उनीहरुले उक्त निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन् । वडा नं १५ का वडा सभापति ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा बसेको वडा सभापतिहरुले बैठकले मेयर, उपमेयर, वडा अध्यक्षसहितका सबै सदस्यमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । त्यसो नभई अरु दललाई दिइएका पदमा कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइने निर्णय बैठकले गरेको वडा सभापति ज्योति कँडेलले बताउनुभयो ।

    कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले वडा सभापतिहरुले बैठकको निर्णय आफूलाई बुझाएको बताउनुभयो । उहाँहरुले कुनै पनि हालतमा कांग्रेसको समर्थनमा अर्को पार्टीको मेयर बन्न हुन्न भन्ने निर्णय गर्नुभएको बताउँदै सभापति खनालले भन्नुभयो “उहाँहरुको भावनाको प्रतिनिधित्व पार्टीले पनि गर्दै आएको छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.