सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेका तीन पूर्वअर्थमन्त्रीले जनाए गभर्नर निलम्बनप्रति कडा आपत्ति


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १५:५८ 
  • काठमाडौं,२७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गभर्नर महाप्रसाद अधिकारीमाथिको गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।

    आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सो माग गरेका हुन् ।

    पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मुलुकको अर्थतन्त्रको खस्किन नदिन सरकारको ध्यानाकर्षण बताएका छन् ।

    उनीहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रित रुपमा बढेर आठ महिनामा करिब रु १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा रु २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरेका छन् ।

    हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने अनुमान पनि उनीहरुले गरेका छन् । उनीहरुले गभर्नर अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको चर्को विरोध पनि गरेका छन् ।

    तीन पूर्वअर्थमन्त्रीहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेले सरकार छोडेको ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको र प्रतिस्थापन बजेटमार्फत विकासका कामसमेत अवरुद्ध पारिएको आरोप समेत लगाएका छन् । एमालेले ९ महिनाअघि आफूले सरकार छोड्दा देशको अर्थतन्त्रका सबै सूचक राम्रो रहेको दावी समेत गरेको छ ।

    वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा पुगेको दावी गरेको छ । एमालेले आफूहरूले छाड्दा र अहिलेको अर्थतन्त्रका सूचकहरू समेत सार्वजनिक गर्दै सबै क्षेत्र नकारात्मक रहेको जनाएको हो ।

    देउवाको नेतृत्वमा गठवन्धन सरकार बन्नुअघि कोभिडका महामारी बीचमा पनि देशको अर्थतन्त्र सुदृढ अवस्थामा भएको एमालेले दावी गरेको हो । एमालले मुद्रास्फिति दर ४ प्रतिशतभन्दा तल रही समग्र मूल्य नियन्त्रणमा भएको र व्यापार घाटा भुक्तानी सन्तुलनमा नै भएको दावी गरेको हो ।

    बार्षिक रुपमा विप्रेषण झण्डै १० प्रतिशतले वढेको हुनुका साथै बार्षिक कारोबारमा १ अर्ब २३ करोडले भुक्तानी बचत भएको र विदेशी मुद्रा सञ्चिति १४ खर्ब पुगेको सो वेलाको विदेशी मुद्रा सञ्चितिले ११ महिनाभन्दा बढीको वस्तु आयात धान्न सक्ने अवस्था भएको बताएको छ ।

    एमालेले ल्याएको लोकप्रिय बजेटले निजी क्षेत्र उत्साहित भएको, व्यवसायमैत्री र पारदर्शी कर प्रस्तावका कारण लगानीकर्ता र व्यवसायीहरु ढुक्क भएर आर्थिक गतिविधि विस्तारमा लाग्ने वातावरण बन्नुका साथै नेपालको विकासमा सहयोग गर्न दातृ निकायको विश्वास बढेर गएको थियो भनेको छ ।

    आफ्नो सरकारको पालामा सरकारी वित्त स्थिति सन्तुलित भएको, आर्थिक बर्षको अन्त्यमा १९५ अर्बको ट्रेजरी बचत भएको, बैंक निक्षेप २१ प्रतिशतभन्दा धेरेले वढेकोले बैंकिङ क्षेत्रमा लगानीयोग्य स्रोतको अभाव नभएको र बैंकिङ क्षेत्रमा तरलताको अभाव नहुँदा लगानीकर्ताले सहज रुपमा पुँजी पाउने अवस्था भएको समेत एमालेले दावी गरेको छ ।

    मुलुकको आर्थिक अवस्थाका बारेमा एमालेले पार्टीको धारणा सार्वजनिक गर्न तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज पत्रकार सम्मेलन गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.