सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका प्रतिनिधिलाई शेखर कोईरालाले भने : भरतपुर महानगरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुन्छ


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार ०७:५० 
  • काठमाण्डौं, २७ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने बताएका छन्। चितवनका प्रतिनिधिहरुसँगको भेटमा कोइरालाले यस पटक भरतपुरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुने बताउनु भएको हो ।
    ०७४ को स्थानीय चुनावमा भरतपुरमा कांग्रेसले नेकपा माओवादीका उम्मेदवार रेनु दाहाललाई भोट दिएको थियो। यसपालि पनि सत्तागठबन्धनबीच स्थानीय चुनावमा मिलेर जाने सहमति भएको छ। तर चितवन कांग्रेसले यसपालि भरतपुर महानगर नछाड्ने बताइरहेका छन्।

    यसैबीच चितवन कांग्रेसका नेताहरू तथा चितवनबाट केन्द्रीय सदस्य जितेकाहरू भरतपुरको मेयरमा पार्टीकै उम्मेदवार उठाउन पहल गरिरहेका छन्।सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखरलाई भेटेर उनीहरूले भरतपुरको मेयर यसपालि अरू पार्टीलाई नदिन आग्रह गरेका हुन्।

    शनिबार चितवन कांग्रेस सभापति राजेश्वर खनालसहित नेताहरूले कोइरालालाई भेटेका थिए। भेटमा कोइरालाले यसपालि पार्टीकै उम्मेदवार मेयरमा उठ्ने बताएका थिए। “भरतपुरमा पार्टीकै नेता मेयरको उम्मेदवार हुनुहुन्छ, यसमा तपाईंहरू चिन्ता नलिनुस्,” उनले भनेका थिए।

    कांग्रेसले महानगरको टिकट भने केन्द्रबाट दिने गर्छ। टिकट बाँड्ने केन्द्रीय संसदीय समिति भने गठन भएको छैन। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने भएकोले कुन महानगर कसले लिने भन्नेमा निर्णय भने भइसकेको छैन।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.