सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीडीओ शर्मा घरमै पुगेर असहाय-अशक्तलाई नागरिकता प्रदान


  •    न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १६:०७ 
  • भक्तपुर,२४ चैत्र । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा असाह्य, अशक्तलाई बुधबार घरदैलो सेवा अन्तर्गत नागरिकता प्रदान गरिएको छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले सूर्यविनायक नगरपालिका (सूनपा) वडा नं.४ दधिकोट स्थित चर्खण्डीका ९१ वर्षिय वृद्धा सूर्यबहादुर खड्का र सूनपा पडा नं. १ सिरुटारकी १७ वर्षिया अशक्त युवती अनुपमा मिश्रलाई टोलीले घरमै पुगेर शर्माको टोली नागरिकता प्रदान गरिएको हो ।

    ९१ वर्षीय खड्का विगत पाँच वर्षदेखि आँखाको ज्योती गुमेको साथै शरीरको कम्मरमुनीको भाग नचल्ने र नियमितरुपमा अक्सिजन लिईरहनु पर्ने अवस्थाको अशक्त थिए । खड्काको नागरिकता हराएकोले प्रतिलिपी माग गरेको खड्काका छोरा श्रीकृष्ण खड्काले बताए । श्रीकृष्णले पिता सूर्य बहादुरको नागरिकताको प्रतिलिपि माग गरेपछि प्रशासनले आवश्यक छानविन गरी, सत्य तथ्य पत्ता लगाएर घरमै पुगेर सेवा दिने निर्णय गरेको प्रजिअ शर्माले बताए ।

    त्यस्तै अर्का सिरुटारकी १७ वर्षिया मिश्र जन्मजात अपाङ्गता भएकी युवती हुन । उनी बोल्न नसक्ने, श्रवणशक्ति नभएका र कम्मर मुनीको भाग नचल्ने समस्याबाट पिडित छिन् । असक्त अनुमपाकी पिता उद्धव प्रसाद मिश्रले छोरीको नागरिकता माग गरेपछि नागरिकता प्रदान गर्न प्रजिअ शर्मा मिश्र निवास पुगेर नागरिकता प्रदान गरेको हो ।

    असाह्य, अशक्त र वृद्धवृद्धाहरुलाई आवश्यकता अनुसार घरदैलोमा नै सेवा दिने नीति अनुसार खड्का र मिश्रलाई घरमै गएर नागरिकता प्रदान गरिएको हो प्रजिअ शर्माले बताए । आवश्यक परे सरकार घरदैलोमा पुगेर सेवा दिन्छ भन्ने सन्देश दिन पनि नागरिकता, अपांगता परिचयपत्र सेवाग्राहीको घरमै पुगेर प्रदान गर्ने नीति सरकारको छ, शर्माले बताए ।

    खड्का र मिश्रलाई नागरिकता प्रदान गर्न प्रजिअ शर्माको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, भक्तपुर प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृतहरु, नागरिकता फाँटका कर्मचारीहरु सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.