सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ


  •    न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १२:०१ 
  • काठमाडौं,२४ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । आज बिहीबार विश्व स्वास्थ्य दिवसका दिन रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक समारोहमा उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरुवात गरेको हो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुलाई खोप दिइएको थियो । प्रधानमन्त्री देउवाले खोप अभियानको सफलताको कामना गरे ।

    भोलि चैत २५ गतेदेखि आउँदो वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा सो खोप अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । १ वर्ष ३ महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

    यद्यपि केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन शुरु भइसकेको छ । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।

    नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो ।

    खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ ।

    खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर देखिएपनि अन्य कुनै असर नपर्ने भएकाले ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा विभागले अभिभावकसँग आग्रह गरेको छ ।

    हरेक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ । नेपालमा पनि यो वर्ष ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.