सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहको थुनछेक बहस जारी


  •    न्युजभित्तो/२३ चैत्र २०७८, बुधबार १६:४० 
  • नवलपुर,२३ चैत्र। नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहको थुनछेक बहस जारी रहेको छ । अभिनेता शाहलाई थुनछेक बहसका लागि हिजो नवलपुर ल्याइएको थियो ।

    आज बुधबार उनका ९ जना वकिलले बहस गरिरहेका हुन् । आज शुरूमा सरकारी वकिलको तर्फबाट बहस भएको थियो भने सोपछि शाहको तर्फबाट ९ जना वकिलहरूको बहस जारी रहेको नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दिपक भट्टराईले नेपालपत्रलाई जानकारी दिए । ।

    एक नाबालिग किशोरी गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई बहसका लागि परिपत्र आएपछि हिजो नवलपुर जिल्ला अदालत ल्याइएको थियो ।

    तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई हिजो जिल्ला अदालत नवलपुरमा ल्याएर बयान लिइएको थियो । हिजो मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले करिब ६ घण्टा लगाएर पलको बयान लिएको थियो । बयान लिएर शाहलाई हिजो जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको थियो ।

    १७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नवलपुरको जिल्ला अदालतमा मुद्दा दायर गरिएका अभिनेता शाहको बयान हिजै सकिएको थियो । हिजो अदालतका इजलास अधिकारीले उनको बयान लिएका थिए ।

    अभिनेता शाहले एक वर्षअघि गैंडाकोटमा गीतको सुटिंकका क्रममा एक किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी भएको थियो । किशोरीको जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ५ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो ।

    शाहलाई तनहुँमा पनि तिनै किशोरीले एक वर्ष अघि बलात्कार गरेको भन्दै त्यहाँको प्रहरीमा उजुरी गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तनहुँ र पूर्वी नवलपरासीमा एक वर्षअघि बलात्कार गरेका अभियोग लगाउँदै मुद्दा दर्ता गराउने किशोरी एउटै हुन् ।

    पक्राउ परेका नायक शाहलाई चैत्र १० गते बिहिबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि चैत्र १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.