सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको भाउ १६ सय


  •    न्युजभित्तो/२३ चैत्र २०७८, बुधबार ०७:३४ 
  • काठमाण्डौं, २३ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको हो । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।

    नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १५५ र डिजेल तथा मट्टीतेल १३८ रुपैयाँ थियो।

    सबैभन्दा बढी खाना पकाउने ग्यासको मूल्य बढेको छ। प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ। अब ग्यास प्रतिसिलिन्डर एक हजार ६ सय रुपैयाँ पुगेको छ।

    हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ।

    भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि भाउ बढाइएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्। यसअघि निगमले २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.