सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न गठबन्धनद्वारा सुझाव


  •    न्युजभित्तो/२२ चैत्र २०७८, मंगलवार १२:३८ 
  • काठमाडौ,२२ चैत्र। सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको आज बसेको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न सुझाव दिएको छ ।

    गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशको आर्थिक अवस्थाका बारेमा राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको हो ।

    गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री देउवालाई देशको आर्थिक अवस्था संकटग्रस्त भएकाले विज्ञहरूलाई राखेर अन्तर्क्रिया गरेर सोको वास्तविक अवस्था र त्यसको सुधारका लागि गर्न सकिने बारेमा ध्यानाकर्षण गराएको हो ।

    गठबन्धनको बैठकले छुट्टै निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।सो समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएतापनि समितिका सदस्यहरुको नाम भने अझसम्म सार्वजनिक गरिएको छैन ।

    आजको बैठकमा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ समेत गरेका थिए । सत्ता गठबन्धनको बैठकले समग्रमा प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल रहेको निष्कर्ष समेत निकालेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.