सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परमादेशी सेटिङका विषाक्त छाल निर्वाचन आयोगमा : बरिष्ठ उपाध्यक्ष पोखरेल


  •    न्युजभित्तो/२१ चैत्र २०७८, सोमबार ११:२६ 
  • चितवन, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले परमादेशी सेटिङका विषाक्त छालहरु निर्वाचन आयोगमा परेको आशंका पैदा भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिले सरकार सेटिङमा चलिरहेको र त्यसका विषाक्त छालहरुले निर्वाचन आयोगलाई प्रभावित पार्ने कोशिस भईरहेको बताउनु भएको हो ।

    निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णय गर्दा आयोगले दलहरुसँग छलफल गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “निर्वाचन आयोगले संवेदनशील विषयमा दलहरुसँग परामर्श गर्नुपर्छ । तर गरिएको छैन ।” मत पत्रमा रङ्गका कुरा, मनोनयन दुई दिन गर्ने कुरा जस्ता विषय दलहरुसँग छलफल गरेर ल्याउनु पर्नेमा उहाँको जोड थियो । उहाँले अगाडि प्रश्न गर्नुभयो “मतदान एक दिन, मनोनयन दुई दिन ?”

    शुरुदेखि नै स्थानीय तहको निर्वाचन सकभर टार्ने नसके सार्ने कोशिस भएको भन्दै उहाँले भन्नुभयो “तीन वटै निर्वाचन एकै पटक गरौं, पर सारौं जस्ता अनेक प्रयास भए । यी अप्सनहरु चलेनन् । एमाले, बुद्धिजीवि, सञ्चार क्षेत्रले दवाव सिर्जना गरेपछि निर्वाचन आयोग पनि त्यसमा टेक्न बाध्य भयो ।”

    फरक प्रसंगमा बरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय निर्वाचनमा एमाले कुनै गठबन्धन बनाउने पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “एमाले गठबन्धन बनाउने पक्षमा छैन, स्थानीय आवश्यकता अनुसार हुन सक्छ ।” निर्वाचनमा गठबन्धन गर्ने हिसाबले माओवादीसँग कुराकानी नभएको उहाँको भनाई छ । उहाँले अगाडि थप्नुभयो “कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अपराध कर्म गर्ने शक्तिसँग गठबन्धन हुनै सक्दैन ।” प्रचण्डजीका छलाङहरुका बारेमा आफूहरु जानकार रहेको उहाँको भनाई छ ।

    निर्वाचनमा जाने भनेको पार्टीको विचारका आधारमा भएको भन्दै उहाँले भन्नुभयो “हामीले गरेका कामका आधारमा अब हामीले गर्ने कामको प्रतिबद्धताका आधारमा निर्वाचनमा जाने हो, एमाले स्पष्ट छ, सक्छौं एक्लाएक्लै आउ सक्दैनौं भने मिलेर आउ ।” चार दल मात्रै होइन, दर्ता भएका सप्पै मिलेर आए पनि हुन्छ भनेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनिरहेको उहाँले स्मरण गराउनुभयो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धीहित रहेको उहाँको टिप्पणी छ । उहाँले अगाडि भन्नुभयो “संयुक्त विज्ञप्तमा केही छैन ।” भारत भ्रमण जानु अघि प्रधानमन्त्री देउवाले भारतप्रति भक्तिभाव देखाएको भन्दै भन्नुभयो “चुच्चे नक्सालाई बुच्चे बनाउनुभयो, राष्ट्रिय पोजिसन बनेको विषयलाई डाईबट गर्नुभयो ।” प्रधानमन्त्रीको हैसियतले जसरी प्रस्तुत हुनुपथ्यो त्यो हुन नसकेको पोखरेलको भनाई छ । उहाँले भन्नुभयो “नेपालको स्टोङ पोजिसनलाई कमजोर बनाउने काम प्रधानमन्त्रीले गर्नुभयो ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.