सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलले जनताको ढाड सेकिँदा आयल निगमका हाकिम कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा !


  •    न्युजभित्तो/२० चैत्र २०७८, आईतवार १७:०० 
  • काठमाडौं,२० चैत्र । जनताले चर्काे मूल्य तिरेर पनि पेट्रोल खरिद गर्न नपाइरहेको बेला नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनयनमा परेका छन् ।

    प्रचारप्रसार समितिको सदस्यमा निगमका कार्यकारी निर्देशक थानीसँगै ६७ जना मनोनयनमा परेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् ।

    गत १५ चैतमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमनत्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ गठन र मनोनयनको निर्णय गरेका थिए । कांग्रेस केन्द्रिय कार्यालयले यसबारेको सूचना १८ चैतमा सार्वजनिक गरेको थियो ।

    थानीको नाम सो समितिको पदेन सदस्यको रुपमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले बताए । ‘यहाँ थानीको नाम देखियो, संस्थाको नाम मात्रै हुनुपथ्र्यो,’ रिजालले भने, ‘उहाँ निर्वाचन प्रचार प्रसारमा बस्न मिल्दैन ।’

    केन्द्रीय कार्यसमितिको चैत १५ गते बसेको बैठकले गठन गरेको प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वको प्रसार समितिमा केन्द्रीय सदस्य र भ्रातृ संस्थाका प्रमुखहरुलाई मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    उनका अनुसार जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, टेकबहादुर गुरुङ लगायत छन् । उक्त समितिमा तरुण दल अध्यक्ष विद्धान गुरुङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, नेपाल दलित संघ अध्यक्ष शम्भु हजारा पासवान, राष्ट्रिय मगर संघ अध्यक्ष ओम थापा मगर पनि परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.