सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलामीमा


  •    न्युजभित्तो/१९ चैत्र २०७८, शनिबार ०८:४२ 
  • चितवन, १९ चैत । एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलाम हुने भएको छ । बैंकले दिएको विकल्प नमानेपछि चार वटा बाणिज्य बैंकहरुले ब्रुअरीलाई लिलामीमा राखेका हुन् ।

    ब्रुअरीलाई २०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरुले पुनर्संरचना गरिदिएका थिए। पुनर्संरचनापछि पनि कम्पनीले ऋण तिर्न छाडेको र ऋण तिर्ने अर्को विकल्पसमेत नमानेपछि सहवित्तीयकरणमा ऋण लगेको कम्पनी लिलामीमा चढेको हो। माउण्ट एभरेष्ट ब्रुअरीको प्रमुख सञ्चालक दमनबहादुर अमात्य हुन्। उनले कम्पनीका लागि नेपाल बैंकको नेतृत्वमा चार बैंकसँग ऋण लिएका छन् ।

    नेपाल बैंकसहित राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र हिमालयन बैंकले कम्पनीमा ऋण लगानी गरेका छन् । कसैगरी पनि पैसा नउठ्ने भएपछि बैंकले लिलामी प्रकृया अगाडि बढाएको हो। बैंकले २०७२ सालमा ६० करोड रुपैयाँ एकमुस्ट तिर्ने गरी ऋण पुनर्संरचना गरिएको थियो। जुन सर्तमा ऋण पुनर्संरचना गरिएको थियो त्यो कुरा त्यसबेला पनि पालना भएको थिएन। अमात्यले ६ करोड रुपैयाँ मात्र बैंकलाई बुझाएका थिए।

    उनले बाँकी रहेको ५४ करोड रुपैयाँको ब्याज मात्र भुक्तानी गर्दै आएका थिए। चार बर्षअघिबाट त्यो पनि उनले छाडेका थिए। बीचमा कोभिडलगायत समस्या आएपछि लिलामी प्रकृया अगाडि बढाउन बैंकहरुले सकेका थिएनन्। अहिले बैंकको साँवा मात्र ४५ करोड रुपैयाँ छ। पाकेको ब्याजको हिसाब छुट्टै छ। अहिले पनि माउन्ट एभरेष्ट ब्रुअरीको उत्पादन जारी छ।

    ुअहिले पनि हामीले बैंक ऋण बुझाउन केही मोडालिटी दिएका थियौं तर कम्पनीका सञ्चालकहरु हाम्रो कुरा मान्न तयार नभएपछि अन्ततस् लिलामीमा चढाउनु पर्ने भयोु सहवित्तीयकरणमा रहेका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “बैंकसँग भएको धितो लिलाम गर्दा पैसा उठ्ने देखिन्छ।”

    बैंकहरुले माउन्ट एभरेष्ट ब्रुअरीलाई अहिलेसम्मको ब्याज बक्यौता भुक्तानी गर्ने र ऋणलाई नियमित गर्ने विकल्प दिएका थिए। बैंकहरुले साँवा मध्ये केही तिन बर्षभित्र भुक्तानी गर्न पनि विकल्प दिएका थिए।

    कुनै पनि विकल्पमा अमात्य तयार नभएपछि लिलामीमा चढाउनु परेको बैंकरको दाबी छ। अमात्यले ऋण तिर्ने समय ८ बर्ष र अहिलेसम्म भुक्तानी गर्न नसकेको ब्याज मिन्हा गर्न बैंकसँग माग राखेका थिए। “यस्ता सर्त पूरा गर्नै नसक्ने भएपछि लिलामीमा गएका हौं” ती प्रमुख कार्यकारीले भने, “अब लिलामीबाटै सबै कुरा छिनोफानो हुन्छ।”

    बैंकले कम्पनीको नाममा रहेको भरततपुर गोन्द्राङस्थित फ्याक्ट्रीको जग्गा लिलामी गर्न लागेको हो। त्यहाँ फ्याक्ट्रीको ४ विघा ५ कट्ठा साढे नौं धुर जग्गा छ।

    लिलामीमा सहभागिता जनाउन ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। के कति मूल्यमा लिने हो, त्यो खुलाएर आवेदन दिन सकिने नेपाल बैंकले जनाएको छ। (बिजमाण्डूबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.