सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवा लागे भारततिर, यस्तो छ भ्रमण तालिका


  •    न्युजभित्तो/१८ चैत्र २०७८, शुक्रबार १४:२५ 
  • काठमाडौँ,१८ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज केही बेरअघि नयाँ दिल्ली प्रस्थान गरेको हो ।

    प्रधानमन्त्री देउवा आज चैत १८ गतेदेखि २० गतेसम्म ३ दिने भारत भ्रमणमा गएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

    प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चार जना मन्त्री पनि गएका छन् । प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने भएका हुन् ।

    प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डलमा चार मन्त्रीहरु, उनकी पत्नी आरजु राणा देउवा, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो । भ्रमण टाेलीकाे बिदाइका लागि सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    प्रधानमन्त्री देउवा भारतीय समयअनुसार दिउँसो २ः५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनी चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा बस्नेछन् ।

    प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भोलि चैत १९ गते भेटवार्ता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

    यस्तो छ प्रधानमन्त्री देउवाको तीन दिने भ्रमणको बुँदागत तालिका

    शुक्रबार

    १. भारतीय समय अनुसार दिउँसो २ : ५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण ।

    २. अपराह्न ४ : ३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने ।

    शनिबार

    १. बिहान १० : ४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने ।

    २. प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११ : १० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुने ।

    ३. मध्याह्न १२ : १५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने ।

    ४. अपराह्न १६ : ३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने ।

    आइतबार

    १. बिहान ९ बजे वाराणसी पुग्ने। त्यहाँ आयोजना गरिने कार्यक्रममा सहभागी हुने ।

    २. अपराह्न ४ : ०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने ।

    ३. अपराह्न ४ : १५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.