सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालद्वारा मलेसिया पराजित


  •    न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १६:५० 
  • काठमाडौँ,१६ चैत्र । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो ।

    मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले ।

    ३८ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् ।त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडे ।

    बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १÷१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

    मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६ तथा विजय उन्नीले ३ रनको योगदान गरे ।

    बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २÷२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनास बोहराले समान १÷१ विकेट झारे । अब नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.