निर्वाचनमा तालमेल हुन्छ, भरतपुरमा हाम्रो दावी छ : अध्यक्ष दाहाल
न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १२:२९
चितवन, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा केन्द्र तहबाटनै तालमेल हुने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले तालमेल सत्ता गठवन्धनका बीचमानै हुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो “महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । भोली बस्ने गठवन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौ ।” उहाँले थप्नुभयो “काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरे पछि गठवन्धनका बीचमा आबश्यकता अनुसार तालमेल हुने कुरामा प्रष्ट भएको छ ।”
भरतपुर महानगरमा आफुहरुको दावी रहेको बताउँदै उहाँले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्ने कुरामा अघि बढेको बताउनुभयो । सबै राजनैतिक दलहरु आ–आफ्नो तबरले निर्माचनको तयारीमा लागेको भन्दै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताउनुभयो ।