सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म बिजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका


  •    न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार १५:३० 
  • विराटनगर,१५ चैत। एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगी(व्यवसायीले बताएका छन् ।

    भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ ।

    ‘गत मंगलबारयता अघोषित रुपमा लोडसेडिङ भइरहेको छ, जसले ६० प्रतिशत उत्पादन कटौती भएको छ’, नेपाल उद्योग परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरेले भने, ‘नियमित विद्युत दिन सक्दैन भने सरकारले हामीलाई तालिका देओस् ।’

    उद्योगी(व्यवसायीहरुका अनुसार गत मंगलबार ४ घण्टा विजुली कटौती भएको थियो । तर त्यसपछि विजुली कटौती बढ्दै गएको छ । आइतबार राति १२ घण्टासम्म विजुली कटौती भोगेका व्यवसायीले सोमबार भने अपरान्ह ४ बजेदेखि मंगलबार विहान ६ बजेसम्म विजुली पाएनन् ।

    अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगका मजदुर कामविहीन हुनुपर्ने अवस्था आएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । विद्युत नियमित नभए उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने उनले बताए । ‘राज्यले यसरी विद्युत कटौती गर्न मिल्दैन,’ उनले भने, ‘नियमित विद्युत आपूर्ति गर्ने व्यवस्थापन गर्नुपर्छ ।’

    एक सातायता दैनिक विद्युत कटौती हुँदा हैरान भोग्नुपरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए ।

    ‘नेपाल विद्युत प्राधिकरणले जुनसुकै मुल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता जनाएको दुई दिनमा १२ घण्टा विद्युत कटौती भयो’, उनले भने, ‘भनाइ र गराइमा फरक भयो, जिम्मेवार पदाधिकारीको विश्वनीयतामा प्रश्न चिह्न खडा भएको छ ।’

    उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउनु सरकारको दायित्वको भएको उनले बताए ।

    नियमित विद्युत चाहियो

    प्रदेश १ मा रहेका निजी क्षेत्रका तीन संस्थाले कुनै पनि बहानामा विद्युत कटौती नगर्न विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

    नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ र उद्योग संगठनले पत्रकार सम्मेलन गरी विद्युत कटौती गर्न नमिल्ने बताएका हुन् । उनीहरुले नियमित विद्युत आपूर्ति गर्न माग गरे ।

    तत्काल विद्युत आपूर्ति नियमित नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न बााध्य हुने उद्योगीले चेतावनी दिएका छन् ।

    केही दिनअघि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले उद्योगहरुमा पुगेर चाहिएजति विद्युत दिने प्रतिवद्धता जनाएको बताउँदै तीन संस्थाका अध्यक्षहरुले उर्जाको वास्तविक अवस्थाका बारेमा जनतालाई गुमराहमा राख्न खोजेको गुनासो गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.