चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलाका १५ घर टहरामा आगो लगाएर नष्ट
न्युजभित्तो/१४ चैत्र २०७८, सोमबार १३:४६
चितवन, १४ चैत । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिकाको कुसुमखोलामा रहेको १५ घर टहरामा आगो लगाएर नष्ट गरेको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै घर टहरा नष्ट गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आईतबार साँझ १५ घर नष्ट गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त ठाउँबाट विगतमा नै बस्ती स्थानान्तरण गरिसकिएको थियो । एक घर मात्रै बाँकी रहेकोमा पुनः नयाँ घर टहरा निर्माण गरिएकाले नयाँ घर टहरा नष्ट गरिएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “विगतमा पनि बाहिरबाट मानिसहरु आए घर टहरा बनाउँथे निकुञ्जले भत्काउँदै आएको थियो ।”
उक्त ठाउँ जंगलको कोर इलाकामा रहेका कारण मानवीय हिसाबले पनि बस्न उपयुक्त नरहेको तिवारीको भनाई छ । उहाँले भन्नुभयो “जंगलको बीच भागमा वन्यजन्तुको बासस्थान रहेको ठाउँ हो । खेतीपाती गरे पनि जंगली जनावरले खाईदिन्छ । मानिस पनि जोखिममा हुन्छन् ।” उक्त ठाउँ माडीको मानव बस्तीबाट दुई घण्टा पैदल यात्रापछि पुगिन्छ ।
निकुञ्जका कर्मचारीको नेतृत्वमा गएको नेपाली सेना सहितको टोलीले आईतबार साँझ ती घर टहरा नष्ट गरेको हो । स्थानीय बासिन्दाले भने निकुञ्ज प्रशासनले नागरिकता समेत जलाइदिएको आरोप लगाएका छन् । उनीहरूले स्थानीय बासिन्दाको नागरिकता सहितको महत्वपूर्ण कागजात समेत निकाल्न नदिइ घरमा आगजनी गरेको आरोप लगाएका हुन् । माडीका अगुवा श्रीप्रसाद दवाडीले घर र नागरिकता समेत जलाइदिएको आफूलाई जानकारी आएको बताउनुभयो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले कुसुमखोलाका स्थानीयलाई सुरक्षित स्थानान्तरणको काम जारी रहँदा स्थानीय सरकारसँग समन्वय नगरी आगजनी गरिनु दुखद् रहेको बताउनुभयो । माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा यसअघि पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो । उक्त क्षेत्र निकुञ्ज भित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी गरेको थियो ।
यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सय भन्दा बढी घरधुरी स्थानान्तरण गरेको छ । त्यस क्षेत्रका भूमिहिनलाई माडीको वडा नं. ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ ।
माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने भूमिहिनहरुको स्थायी बसोबासको विषयलाई चुनावको बेला राजनीतिक दलहरुले आवाज उठाउने भए पनि ठोस कार्य हुन सकेको छैन ।
निकुञ्जका बाँदरझुला लगायत धेरै ठाउँमा अतिक्रमण गरेर बस्ती बसेका छन् । निकुञ्जले हटाउने प्रयास गर्दै आएको भए पनि राजनीतिक शक्तिको आडमा अतिक्रमण हटाउन बाधा हुने गरेको छ ।