भक्तपुरमा इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह
न्युजभित्तो/१४ चैत्र २०७८, सोमबार ११:५७
भक्तपुर,१४ चैत्र। निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आइतवार सूचना जारी गरी आसन्न स्थानीय निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन सूचना जारी गरेको बताउनु भयो ।
उहाँले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु मिति २०७८ चैत्र ३० गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरेको हो ।
मिति २०७८ चैत्र १० गते बिहिवार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानीय निर्वाचनलाई भरपर्दो एवम विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार धनीलाई प्रहरुरी ईकाइमा बझाउन अनुरोध गर्ने भनी सूचना जारी गरेको सहायक प्रजिअ शर्माले बताउनुभयो ।
उक्त हातहतियार निर्वाचन पश्चात सम्बन्धीत धनीलाई फिर्ता गरिने समेत सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।