सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरमा कुन पार्टीको शक्ति कति ? यस्तो छ अंकगणित


  •    न्युजभित्तो/१३ चैत्र २०७८, आईतवार १८:०८ 
  • तिलक रिमाल

    चितवन, १३ चैत । राजनीतिमा पार्टीको शक्ति मापदन गर्ने मुख्य आधार भनेको जनमत नै हो । भाषण र सामाजिक सञ्जालमा गरिने अड्कलबाजीले दलहरुको हैसियत छ्टयाउन कठिन हुन्छ । त्यसका लागि अंकगणित भनेको जनताको मत कसले कति पाए भन्ने नै हो ।

    चितवनको विगतको निर्वाचनको इतिहास हेर्ने हो भने मुख्य रुपमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुँदै आएको छ । धेरैको नजर परेको भरतपुर महानगरपालिकामा विगतका निर्वाचन केलाउँने हो भने पहिलो पार्टी एमाले, दोस्रो नेपाली कांग्रेस र तेस्रो माओवादी हुन आउँछ ।

    भरतपुरमा कांग्रेस र माओवादी गठबन्धन गरेका कारण प्रमुखमा प्राप्त मतका आधारमा प्रमुख चार राजनीतिक दलको मत छुट्याउन कठिन हुन्छ । वडागत हिसाबले हेर्न हो भने भरतपुरका २९ वडा मध्ये नेकपा (एमाले) ले १४ वडा विजयी भयो भने नेपाली कांग्रेसले १२ र माओवादी केन्द्रले ३ वडामा विजयी भए । माओवादीले जितेको तीन मध्ये पनि एउटामा एमालेको समर्थन थियो ।

    प्रमुख चार राजनीतिक दलका वडा अध्यक्षको मत जोड्ने हो भने भरतपुर महानगरमा दलले प्राप्त गरेको मत देखिन आउँछ । कतिपय वडामा उम्मेदवारको व्यक्तिगत रुपमा आउने छुटफुट मत बाहेक अधिकांश मत दलगत रुपमा नै आएको हुन्छ ।

    भरतपुरका २९ वडाका वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा देखिन्छ । माओवादी भने एमाले, कांग्रेसभन्दा आधा साना छ । २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षको मत अनुसार एमालेले ३८ हजार ५४०, कांग्रेसले ३८ हजार १२७, माओवादीले २० हजार ६३ र राप्रपाले ६ हजार ७५३ मत प्राप्त गरेका छन् । वडा नं. २६ मा एमाले र माओवादी मिलेर निर्वाचन लडेको हुँदा उक्त वडामा दलित महिला सदस्यले प्राप्त गरेको मतलाई आधार बनाईएको हो ।

    विगतको गठबन्धन कति विश्वासिलो ?

    गत स्थानीय निर्वाचन २०७४ मा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको समर्थनमा माओवादीबाट रेनु दाहाल ४३ हजार १२७ मतका साथ प्रमुखमा निर्वाचित हुनु भयो । उहाँका निकतटम प्रतिस्पर्धी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभयो । राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गर्नुभयो ।

    ०७४ को स्थानीय निर्वाचनमा गठबन्धन गरेका कांग्रेस र माओवादीको मत जोड्दा रेनु दाहालले ५८ हजार ६०३ मत प्राप्त गर्नुपर्ने देखिन्छ । तर गठबन्धन हुँदा पनि १५ हजार ४७६ कांग्रेसका मत दाहाललाई गएको देखिंदैन । एमालेका ज्ञवालीलाई आफ्नो दल बाहेक ४ हजार ३८४ मत प्राप्त भएको देखिन्छ । यसरी हेर्दा कांग्रेसका भोट केही ज्ञवालीलाई गएको भए पनि कतिपयले प्रमुख पदमा मत नै नदिएको, कतिपयले साना दललाई मत दिएको देखिन्छ । अर्थात् गठबन्धन पूर्ण विश्वासिलो देखिंदैन ।

    उपप्रमुखमा नेपाली कांग्रेसका पार्वती शाह ठकुरी ४७ हजार १९७ मतका साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी दिव्य शर्माले ३९ हजार ५५२ मत प्राप्त गर्नुभयो । राप्रपाका रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा ठकुरीलाई पनि गठबन्धनका पूरै मत परेको देखिंदैन । उहाँलाई गठबन्धनका ११ हजार ४०६ मत आएको देखिंदैन । एमालेका शर्माले आफ्नो दलका बाहेक १ हजार १२ मत प्राप्त गर्नुभएको तथ्यांकले देखाउँछ । यसरी हेर्दा ठकुरीलाई माओवादीका ११ हजार ४०६ मत नआएको देखिन्छ ।

    आगामी वैशाख ३० गते हुने निर्वाचनमा पनि गठबन्धनका चर्चा चलिरहेको छ । यो अंकगणितले के असर गर्ने हो त्यो भने मतपरिणामले नै देखाउँने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.