सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको मुख्य निर्वाचन अधिकृतमा रावल, ६ पालिकाको निर्वाचन अधिकृत को को ?


  •    न्युजभित्तो/१३ चैत्र २०७८, आईतवार ०८:२१ 
  • चितवन, १३ चैत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । चितवनको प्रमुख निर्वाचन अधिकृतमा हेमन्त रावललाई तोकिएको छ । आयोगका अनुसार चितवन जिल्ला अदालतका न्यायाधिश रावल भरतपुर महानगरपालिकाको निर्वाचनमा खटिनु हुनेछ ।

    यसैगरी ईच्छाकामना गाउँपालिकाको निर्वाचन अधिकृतमा ईश्वर आचार्यलाई तोकिएको छ । उहाँ चितवन जिल्ला अदालतका स्रेस्तेदार हुनुहुन्छ । कालिका नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीलाई तोकिएको छ ।

    खैरहनी नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका उपसचिव सरस्वती पौडेल, माडी नगरपालिकामा जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणि शर्मा गौतमलाई तोकिएको छ ।

    यस्तै रत्ननगर नगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम र राप्ती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाललाई निर्वाचन अधिकृत जिम्मेवारी दिईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.